इस्साखारको परिवार

1. इस्साकारका चारजना छोराहरू थिए। तिनीहरूका नाउँ तोला, पूवा, याशूब अनि शिम्रोन थियो।

2. तोलाका छोराहरू- उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम अनि शमूएल थिए। ती सबै तिनीहरूका परिवारहरूका प्रधानहरू थिए। ती मानिसहरू अनि तिनीहरूका सन्तानहरू शक्तिशाली सैनिकहरू थिए। तिनीहरूका परिवारहरू बढ्दै गए दाऊद राजा भएको समयमा 22,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

3. उज्जीका छोरा यिज्रयाह थिए। यिज्रयाहका छोराहरू मीकाएल, ओबदियाह यीएल अनि यिशयाह थिए। ती पाँचै जना तिनीहरूका परिवारहरूका अगुवाहरू थिए।

4. तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 36,000 सेनाहरू युद्धका निम्ति तयार थिए। तिनीहरूको परिवार ठूलो थियो किनभने तिनीहरूका धेरै पत्नीहरू अनि छोरा छोरीहरू थिए।

5. वंशावली सूचिले देखाउँछ कि इस्सकारका कुल समूहमा 87,000 शक्तिशाली सैनिकहरू थिए।

बेन्जामिनको परिवार

6. बिन्यामीनका तीन जना छोराहरू थिए। तिनीहरूका नाउँ बेला, बेकेर, अनि यदीएल थियो।

7. बेलाका पाँच जना छोराहरू थिए। तिनीहरूका नाउँ एस्बोन, उज्जी, उज्जीएल, यरीमोत अनि ईरी थियो। ती तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरूका वंशावलीको सूचिले देखाउँछ कि तिनीहरूसित 22,034 सैनिकहरू थिए।

8. बेकेरका छोराहरू जमीरा, योआश, एलाजार, एल्योएन, ओम्री, यरेमोत, अब्बियाह, अनातोत अनि आलेमेत थिए। ती सबै बेकेरका छोरा छोरीहरू थिए

9. तिनीहरूका वंशावलीका सूचिले देखाउँछ कि परिवारका अगुवाहरू को को हुन्। अनि तिनीहरूको वंशावलीका सूचिले यो पनि देखाउँ छ कि तिनीहरूसित 20,200 सैनकहरू थिए।

10. यदीएलका छोरा बिल्हान थिए। बिल्हानका छोराहरू- यूऊश, बिन्यामीन, एहुद, कनाना जेतान, तर्शीश अनि अहीशहरू थिए।

11. यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।

12. शुप्पी अनि हुप्पीहरू ईरका सन्तानहरू थिए। हुशीम अहेरका छोरा थिए।

नप्ताली को परिवार

13. नप्तालीका छोराहरू यहसीएल, गुनी, येसेर अनि शल्लूम थिए। अनि यी बिल्हाका सन्तानहरू थिए।

मनश्शेको परिवार (पश्चिम)

14. यी मनश्शेका सन्तानहरू हुनः मनश्शेको अरामी उप-पत्नीबाट जन्मेका छोराको नाउँ अस्त्रीएल थियो। तिनले माकीर जन्माइन्। माकीर गिलादका पिता थिए।

15. माकीरले हुप्पी अनि शुप्पी मानिसहरूका समूहकी एउटी स्त्रीलाई विवाह गरे। माकीरका बहिनीको नाउँ माका थियो। अर्कोको नाउँ सलोफाद थियो। सलोफादका छोरीहरू मात्र थिए।

16. माकीरकी पत्नी माकाका एउटा छोरा थिए। माकाले यो छोराको नाउँ पेरेस राखिन्। पेरेसको भाइको नाउँ शेरेश थियो। शेरेशका छोराहरू ऊलाम अनि राकेम थिए।

17. ऊलामका छोरा बदान थिए। यी गिलादका सन्तानहरू थिए। गिलाद माकीरका छोरा थिए। माकीर मनश्शेका छोरा थिए।

18. माकीरकी बहिनी हम्मोलेकेतका छोराहरूका नाउँहरू ईशोद, अबिएजरे अनि महला थिए।

19. शमीदाका छोराहरू अहियान, शेकेम, लिखी अनि अनीआम थिए।

एफ्राइमको परिवार

20. यी एप्रैमका सन्ताहरूका नाउँहरू यही हो। एप्रैमका छोरा शूतेलह थिए। शूतेलहका छोरा बेरेद थिए। बेरेदका छोरा तहत थिए।

21. तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोर्न गएका थिए।

22. एप्रैम एसेर अनि एलाका पिता थिए। तिनी धेरै दिनसम्म एजेर र एलादको मृत्युको कारण रोइरहे। एप्रैमका परिवार उनलाई सान्त्वना दिन आए।

23. तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो।

24. एप्रैमको छोरी शेराह थिइन्। शेराहले निम्न बेत होरोन र उच्च बेत होरोन अनि निम्न उज्जेन शेराह र उच्च उज्जेन शेराह बनाइन्।

25. रेपा एप्रैमका छोरा थिए। रेशेप रेपाका छोरा थिए। तेलह रेशेपका छोरा थिए। माहान तेलहका छोरा थिए।

26. लादान माहानका छोरा थिए। अम्मीहूद लादानका छोरा थिए। एलीशामा अम्मीहूकादा छोरा थिए।

27. नून एलीशामाका छोरा थिए। यहोशू नूनका छोरा थिए।

28. यी ति शहर अनि देशहरू हुन् जहाँ एप्रैमका सन्तानहरू बस्थेः बेतेल र यस नजिकका गाउँहरू पूर्वमा नारान, पश्चिममा गेजेर अनि यस नजिकका गाउँहरू शेकेम र अज्जा र त्यसका नजिकका गाउँहरू सम्म पुगे।

29. मनश्शेका भूमिका सीमानामा बेत-शान, तानाक, मगिछो अनि दोर र ती नजिकका सा-साना शहररूहरू थिए। यूसुफका सन्तानहरू यी शहरहरूमा बस्थे। यूसुफ इस्राएलका छोरा थिए।

आशेरको परिवार

30. आशेरका छोराहरू-यिम्ना, यिश्वा, अनि बरीआ थिए। तिनीहरूकी बहिनीको नाउँ सेराह थियो।

31. बरीआका छोराहरू हेबेर अनि मल्कीएल थिए। मल्कीएल बिर्जेतका पिता थिए।

32. येप्लेत, शोमेर, होताम अनि तिनीहरूकी बहिनी शुअका पिता हेबेर थिए।

33. यप्लेतका छोराहरू पासक, बिम्हाल अनि अश्वात थिए। यी येप्लेतका छोराहरू थिए।

34. शोमेरका छोराहरू अही, रोहगा, यहूब्बा अनि अराम थियो।

35. शोमेरका भाइको नाउँ हेलेम थिए। हेलेमका छोराहरू सोपह, यिम्ना, शेलेश अनि आमाल थिए।

36. सोपहका छोराहरू सूह, हेर्नेपेर, शूआल, बेरी, यिम्राह,

37. बेसेर, होद, शम्मा, शिल्शा, यित्रान अनि बेरा थिए।

38. येतेरका छोराहरू- यपून्ने, पिस्पा अनि अरा थिए।

39. उल्लाका छोराहरू आरह, हन्नीएल अनि रिसिया थिए।

40. यी सबै मानिसहरू आशेरका सन्तानहरू थिए। तिनीहरू तिनीहरूका परिवारहरूका अगुवाहरू थिए। तिनीहरू विशेष रूपले चुनिएका मानिसहरू थिए। तिनीहरू महान् सैनिकहरू अनि अगुवाहरू थिए। तिनीहरूका वंशावली इतिहासले बताउँछ कि तिनीहरूका 26,000 सैनकिहरू युद्धका निम्ति तयार छन् भनी।

Bibles

Books

Chapters